काठमाडौं महानगरको बजेट २५ अर्ब ६३ करोड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८० दिन अगाडि
काठमाडौं महानगरको बजेट २५ अर्ब ६३ करोड

काठमाडौ -काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको छ।

उपप्रमुख सुनिता डंगोलले सोमबार नगरसभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेकी हुन्। काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको थियो।