काँग्रेसले गर्यो लगानी सहजीकरण सम्बन्धी विधेयकमाथि सरोकारवालाहरूसँग छलफल 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५४ दिन अगाडि
काँग्रेसले गर्यो लगानी सहजीकरण सम्बन्धी विधेयकमाथि सरोकारवालाहरूसँग छलफल 

काठमाडौं । नेपाली काङ्ग्रेसले लगानी सहजीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालाहरूसँग छलफल गरेको छ । 

बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले लगानी सहजीकरण विधेयकको कानुनी जटिलता र सहरीकरणका विषयमा सरोकारहरूसँग छलफल गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘लगानी सहजीकरण सम्बन्धी ऐनमा संशोधन विधेयक संसदमा प्रस्तुत भएको छ । यसका कानुनी जटिलता के छन्, यो सहरीकरणमा सम्बोधन गर्न सकेको छ कि छैन् । यसको दुरुपयोग हुने सम्भावना छ कि भन्ने विषयमा कानुनी कोणबाट सुझाव लिने काम भयो, निजी क्षेत्रको पनि सुझाव आयो, अझै यसको क्रम जारी नै छ ।’ 

उनले लगानीमा अझ धेरै सहजीकरण गर्न, लगानीको वातावरण सुनिश्चित गर्न र यसको दुरुपयोग हुनु हुदैँन् भन्ने कुरामा पार्टी गम्भीर रहेको भन्दै त्यही हिसाबले अगाडि बढ्ने बताए ।आम उद्योग व्यवसायीलाई सहजीकरण गर्ने सम्बन्धमा अझ उदार हुनुपर्छ भन्ने उद्योग व्यवसायीहरुको कुरा रहेको पनि उनको भनाइ छ