काँग्रेसले गिरिजाको शताब्दी जन्म जयन्तीमा फोटो प्रदर्शनी गर्ने 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७८ दिन अगाडि
काँग्रेसले गिरिजाको शताब्दी जन्म जयन्तीमा फोटो प्रदर्शनी गर्ने 

काठमाडौं । नेपाली काँग्रेसले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा यही असार १८ गते ‘क्रान्ति देखी शान्तिसम्म’ विषयक फोटो प्रदर्शनी गर्ने भएको छ । 

बुधबार  पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले शान्ति प्रक्रियाको महानायक गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा  फोटो प्रदर्शनी कार्यक्रम आयोजना गर्न जानकारी दिए । 

उनले भने, ‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागको. आयोजना शान्ति प्रक्रियाको महानायक गिरिप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तिको अवसरमा नेपाली काँग्रेस केन्द्रीय कार्यालयको परिसरमा यही असार १८ गते गिरिप्रसाद कोइरालाको जीवनीसँग जोडेर अथवा नेपाली काँग्रेसका नेताहरू तेत्रित्व गरेका राजनीति र शान्ति प्रक्रिया समेतलाई एकै पटक जनताकाबीचमा जानकारी दिने सन्देश दिने उद्देश्यकासाथ क्रान्ति देखी शान्तिसम्म भनेर फोटो प्रदर्शनी कार्यक्रम गर्दैछौं ।’

उनले फोटो प्रदर्शनी कार्यक्रमसँगै जोडेर क्रान्ति देखी शान्तिसम्म, समुन्नतीको दोस्रो जग,फोटो पत्रकारिता जोखिम र अनुभव लगायतका विषयमा विमर्श कार्यक्रम पनि गर्ने जानकारी गराए ।