रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७६ दिन अगाडि
रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

   मृत्यु हुनेमा नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नाल रहेका प्रहरीले जनाएको छ ।
आज बिहान करिब साढे २ बजे बागमती प्रदेश ०२७ च ०४९१ नम्बरको कार छमछमे खोलाको कलभर्टबाट तल खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका  बताएका छन । बिहान साढे ५ बजेमात्र घटनास्थलबाट दर्नालको उद्धार भएको थियो । उनलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बिहान पौने ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।