मेयर बालेन शाह उपस्थीत नभएपछि आज बस्न लागेको बैठक स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७६ दिन अगाडि
मेयर बालेन शाह उपस्थीत नभएपछि आज बस्न लागेको बैठक स्थगित

काठमाडौं  ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा  काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उपस्थीत नभएपछि आजको बैठक स्थगित भएको छ ।

‘आज बिहान बोलाएको छलफलमा मेयर आउनु भएन । पर्याप्त तयारी नपुगेको भन्दै छलफलमा सहभागी नभएपछि स्थगित भयो,’ महानगरका प्रवक्ता नविन मानन्धरले भने । उनले कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा राखेको साझा संशोधन प्रस्तावको छलफलमा तयारी नभएकोले नआएको भन्ने बुझिएको बताए ।

वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन भन्छन् ‘उहाँले तिमिहरू के गर्न सक्छौ गर भन्ने शैलीमा छलफल गर्न हलमा नै ओर्लिनुभएन । हामीले राखेको केही प्रस्ताव नै नमान्ने भन्ने त हुँदैन नी । उहाँले ल्याएको नीति कार्यक्रम ढुंगामा लेखिएको हो र छलफल गरेर सल्टाउँ भन्दा उल्टै प्रतिशोध साँधेको जस्तो गर्नुभयो, त्यही भएर आज स्थगित भएको हो,’ उनले भने । बालेनले प्रश्न फेस गर्न डराएर स्टाटस लेखेको समेत महर्जनले बताएका छन् ।बिहान ८ बजेदेखि ११ बजेसम्म कुर्दासमेत मेयर बालेन नआएपछि बैठक स्थगित गरिएकको महर्जनले जानकारी दिए ।