सडक बत्तीको बक्यौता महसुल बुझाउन प्राधिकरणले दियो किस्ताबन्दीको सुविधा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७४ दिन अगाडि
सडक बत्तीको बक्यौता महसुल बुझाउन प्राधिकरणले दियो  किस्ताबन्दीको सुविधा

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिने भएको छ । 

प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको हो। आज एक सूचना जारी गर्दै प्राधिकरणले सम्बन्धित स्थानीय तहहरूले  ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन आग्रह गरेको छ ।