काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको टिप्पणी गरेकी छन् ।
आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बोल्दै उनले संसद बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताएकी हुन् ।‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ ।
अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौं’, उनले भनिन् ।उपसभामुख रानाले संसद बैठकमा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन् ।‘सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यी अनुहारहरु फेरि एकछिनमा हामी देख्न पाउँदैनौं । यी आवाजहरु एकछिनमा हामी सुन्न पाउँदैनौं’, उनले भने ।