देउवाले गरे माधव नेपालको योगदानको तारिफ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७४ दिन अगाडि
देउवाले गरे माधव नेपालको योगदानको तारिफ

काठमाडौं । काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा संविधान निर्माणमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

आइतबार नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकमा शान्ति स्थापना गर्ने र संविधान निर्माण गर्ने सवालमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्न महत्वपूर्ण एजेण्डा हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति गहिरो प्रतिवृद्धताका साथ नेकपा एसले महत्वपूर्ण कार्य गरेको छ । भविष्यमा पनि यसको निरन्तरता रहन्छ भन्ने विश्वास लिएको छु । देशको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल होस् या संविधान निर्माण गर्ने सवाल होस् । माधवजीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।’