सरकारी नम्बर प्लेटको गाडिले नै ट्राफिक नियमको उल्लङ्घनमा 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७४ दिन अगाडि
सरकारी नम्बर प्लेटको गाडिले नै ट्राफिक नियमको उल्लङ्घनमा 

काठमाडौँ । सरकारी नम्बर प्लेटको गाडीले नै ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरेको ट्राफिक प्रहरीले बताएको छ ।

महानगर ट्राफिक प्रहरी डिभिजनले सरकारी नम्बर प्लेटको सवारीलाई कारबाही गरेको बताएको हो । उनले आफ्नो फेसबुक पेजमार्फत डिभिजनले कारबाही गरेको दाबी गरेको छ । सामाजिक सञ्जालमा बा १ झ ७६७५ नम्बरको सरकारी सवारीले ट्राफिक नियम मिचेर अर्को लेनमा क्रस गरेको भिडियो भाइरल बनेको थियो ।

यसबारे सामाजिक सञ्जालमा चौतर्फी दबाब र गुनासो आएपछि कारबाही गरेको ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छन । तर, कारबाही गरिएको आधिकारिक प्रमाण भने सामाजिक सञ्जालमा राखिएको छैन ।‘ट्राफिक प्रहरी कार्यालय रामशहपथबाट खोजतलास र अनुसन्धान गरेर उक्त सवारी साधनलाई फेला पारी सवारीका चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारबाही गरिएको छ,’ ट्राफिक प्रहरीले सामाजिक सञ्जालमा लेखेको छ । तर कारबाहीको विवरण भने राखिएको छैन ।