प्रधानमन्त्रीलाई ओलीको सुझाव : नियुक्ति, सरुवा, बढुवातिर नलाग्नुहोस्

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५० दिन अगाडि
प्रधानमन्त्रीलाई ओलीको सुझाव : नियुक्ति, सरुवा, बढुवातिर नलाग्नुहोस्

काठमाडौँ । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताए । 

आइतबार काठमाडौँमा पार्टीको कृषि तथा सहकारी विभागले आयोजना गरेको समृद्धिको आधार :सम्मानित किसान र कृषिमा रुपान्तरण नीति संवाद कार्यक्रममा उनले प्रधानमन्त्रीलाई सानातिना नियुक्ति, सरुवा, बढुवातिर नअल्झिन सुझाव दिएका हुन् । नीतिगत सुधारका लागि ठोस प्रस्ताव ल्याउन उनको आग्रह छ । 

उनले भने,‘मैले प्रधानमन्त्रीलाई भनेको छु । सानातिना नियुक्ति सरुवा बढुवातिर अल्झियौँ  । पोलिसी म्याटरको छलफल गरौँ । कुन क्षेत्रमा के कस्ता सुधार, परिवर्तन, कस्ता कदम र नीति लिन आवश्यक छ त्यसमा छलफल गरौँ । छलफल ग¥यो सुन्यो सिध्यो । पुराण सुनेजस्तो नगरौँ । आँखा चिम्लेर सुनेपछि सक्यो । यस्तो गरेर भएन ।

ठोस् रुपमा कार्यान्वयनमा जाआै । र व्यवहारिक कदमहरु चल्न ठोस प्रस्तावहरू लिएर आउनु होला ।’अध्यक्ष ओलीले अबको पाँच वर्षभित्रमा कृषिक्षेत्रमा असाधारण परिवर्तन ल्याउन सकिने सम्भावना रहेको विश्वास व्यक्त गरे । उनले देशमा कृषि क्षेत्रमा अब पर्खने समय नै नरहेको बताए ।