रौतहट । रौतहटको दुर्गा भगवती गाँउपालिकाका विभिन्न स्थानमा वर्षाको पानी जमेपछि पठन पाठनमा समस्य भएको छ ।
वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभुत विद्यालयको चौर र कक्षा कोठामा नै वर्षाको पानी जमेपछि हो ।आइतबार साँझको वर्षाको पानी विद्यालय परिसरमा जमेको कारण विद्यार्थीहरुलाई असहज भएको नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सन्जय सहनीले बताए ।उनले सामजिक सन्जल फेसबुकमा पूर्वप्रधानमन्त्री एवं बर्तमान सासद माधब नेपालको निर्वाचन क्षेत्रमा पर्ने यस विद्यालयको समस्याले दुखित बनाएको भन्दै सासद, प्रदेश सासद र गाँउपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन ।
वर्षातको पानी जमेका कारण सो विद्यालयका विद्यार्थीहरु पानीमा डुबेर गरेको प्राथनाले र कक्षा कोठामा समेत पानी भएकाले पानीमा नै अध्ययन गरिरहेको देख्दा आफ्नो आखाबाट आँशु समेत झरेको सहनीको भनाई रहेको छ ।पूर्वप्रधानमन्त्री एवम नेकपा एसका अध्यक्ष नेपालको निर्वाचन क्षेत्रमा यस्तो अवस्था देख्दा अचम्मित भएको भन्दै सामाजिक सन्जाल फेसबुकमा आलोचना समेत भएको छ ।