‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रर्दशनी तयारी पूरा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७३ दिन अगाडि
‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रर्दशनी तयारी पूरा

काठमाडौं । नेपाली काँग्रेसले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा भोलि(मंगलबार) आयोजना गर्न लागेको ‘क्रान्ति देखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनीको तयारी पूरा गर्ने भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शान्ति प्रक्रियाको महानायक गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी कार्यक्रम आयोजना गर्न लागेको र कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले क्रान्तिदेखि शान्तिसम्म विमर्श कार्यक्रम काे पहिलो सेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौला र एमालेका नेता प्रदीप ज्ञवालीले वक्ताको रुपमा आफ्नो कुरा राख्ने जानकारी दिए ।  

उनले भने,‘क्रान्तिदेखि शान्तिसम्म विमर्श कार्यक्रममा छ । त्यसमा वक्ताहरू हुनुहुन्छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौँला र एमाले नेता प्रदीप ज्ञवाली हुनुहुन्छ ।’ उनका अनुसार फोटो प्रदर्शनी कार्यक्रमसँगै जोडेर क्रान्तिदेखि शान्तिसम्म, समुन्नतीको दोस्रो जग, फोटो पत्रकारिता जोखिम र अनुभव लगायतका विषयमा तीनवटा सेसनमा छुट्टा छुट्टै वक्ताहरू बोलाएर विमर्श कार्यक्रम गरिने छ ।