एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४९ दिन अगाडि
एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने 

काठमाडौं । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली काँग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिएका छन् । 

अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए । भण्डारीले भने, ‘हामी आज दिउँसोसम्म राजीनामा दिन्छौं । अध्यक्षज्यूले भने अनुसार नै मार्ग प्रशस्त गर्दैछौं ।’

यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ ।बर्तौलाले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गरे आज साँझसम्ममा नयाँ सरकार बन्छ । यदि उहाँले मार्ग प्रशस्त नगरेमा भोलीसम्ममा नयाँ सरकार बनाउने प्रक्रिया पूरा गर्नेछौँ ।’

उनले अध्यक्ष ओलीले आज वा भोलि साँझसम्ममा प्रधानमन्त्रीको शपथ लिने बताइएको छ ।’