रोल्पा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु ८ जना घाईते

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७२ दिन अगाडि
रोल्पा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु ८ जना घाईते

काठमाडौं । रोल्पामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले जानकारी दिए ।

लिवाङ जिल्ला अस्पतालमै रहेका प्रमुख जिल्ला अधिकारी रायमाझीले ‘कुल १५ जना यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको र चालक सहित ८ जना घाइते भएको बताए । र मृतकहरुको सनाखत नभएको पनि उनले बताए ।
माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानान सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको छ । ‘केही घाइतेहरु हेर्दा सामान्य देखिए पनि भित्री चोट हुनसक्छ । यहाँ जाँच गर्ने उपकरणहरु छैनन् । त्यही भएर भैरहवा रिफर गर्ने तयारी भइरहेको छ,’ प्रजिअ रायमाझीले भने ।पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जीप रोकिएको र ब्याक गर्ने क्रममा भीरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।