देउवाले बोलाए विपक्षी दलका नेताहरूलाई बूढानीलकण्ठ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७२ दिन अगाडि
देउवाले बोलाए विपक्षी दलका नेताहरूलाई बूढानीलकण्ठ

काठमाडौ -नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् ।  मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने गरि देउवाले बैठक बोलाएका छन्  । कांगेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दललाई बैठकमा बोलाएको बताइएको छ ।बैठकमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति बनेपछि नयाँ सरकारमा सहभागी हुन आग्रह गरिने बताइएको छ ।