पोखरीमा डुबेर दुई बालकको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८७८ दिन अगाडि
पोखरीमा डुबेर दुई बालकको मृत्यु

जनकपुरधाम । सिराहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । नरहा गाउँपालिका–३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भान्जा करिब ८ वर्षीय आशिष मण्डला को मृत्यु भएको  सिराहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटा ले बताएका छन ।

उनका अनुसार हिजो सोमबार दिउँसो करिब १ बजेदेखि खेल्ने क्रममा  दुवै बालक हराएका थिए । साँझ ५ बजे तिर प्रहरीलाई खबर आएपछि खोजबिन गर्दा आज मंगलबार बिहान साढे ८ बजेतिर स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेको डिएसपी सापकोटाले बताए ।

प्रहरीले शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिराहामा राखेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।