शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्यो ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६७ दिन अगाडि
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्यो ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने मन्त्रालयल जनाएको छ ।

वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी राखिएको छ ।
विद्यार्थीहरूले आफ्नो रुचि अनुसार वेबसाइटमा गएर  पेशाबारे सूचना र सहायता लिन सक्ने शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयको दाबी छ । विद्यार्थीले पाउने छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिनुका साथै सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक हुने भएको छ ।जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेशा छनोट गर्ने भनेर दोधार मा परेका विद्याथी हरु को लागी  यो वेबसाइट मार्फत सहजीकरण हुने मन्त्रालयको भनाइ छ । शिक्षा मन्त्री श्रेष्ठ भन्छिन् ‘यो वेबसाइटले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको शिक्षा छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेशाबारे थाहा दिन मद्दत गर्नेछ ।’


विद्यार्थीले आफ्नो वृत्ति मार्ग निर्धारण गर्न समाजका अशल र सफल पात्रहरूका प्रेरणाका कथाहरू पनि वेबसाइटमा हेर्न र पढ्न सक्नेछन् । साथै वेबसाइटमा राखिएको प्रश्नावलीमा सहभागी भई ‘करियर असेसमेन्ट’ मार्फत विद्यार्थीहरूले आफ्नो क्षमता जाँच गरेर वृत्ति सुझाव प्राप्त गर्न सक्नेछन् । वेबसाइटमा पेशा र रोजगारीका लागि जानकारी पाइने ईलर्निङका वेबसाइटहरु पनि राखिएको छ ।यही कार्यक्रमअन्तर्गत शिक्षामन्त्री सुमना श्रेष्ठले विभिन्न पेशामा स्थापित व्यत्तित्वहरुसँगको पेशाका सम्भावना र चुनौतीबारे बहस गरिएको युट्युब पोडकास्ट पनि वेबसाइटमा राखिएको छ ।


वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता, वैयक्तिक रुचि, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रूपमा मार्ग निर्देशित गर्न विद्यार्थीलाई सूचना, परामर्श, एवम् वृत्ति मार्गनिर्देशन सेवा प्रदान गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन वेबसाइट तयार गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।