नारायणगढ–मुग्लिङ सडक एकतर्फी अवरुद्ध

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७२ दिन अगाडि
नारायणगढ–मुग्लिङ सडक एकतर्फी अवरुद्ध

चितवन– नारायणगढ–मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेजनजिक ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । मंगलबार को लगातार बर्षाका कारण माथीबाट पहिरो खस्दाँ बाटो अबरुद्ध भएको हाे ।सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र करिब एक घण्टामा सडक दुई तर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।