काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारीलाई नियुक्त गरेका छन् ।
सभामुख घिमिरेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्तिका लागि सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
संखुवासभा निवासी अधिकारीलाई नेपालको संविधानको धारा १०६को उपधारा एक बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।