अवैध लागुऔषध सहित दुई भारतीय पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८७७ दिन अगाडि
अवैध लागुऔषध सहित दुई भारतीय पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल रौतहटले अवैध लागुऔषध सहित दुई  भारतीयलाई  पक्राउ गरेको छ । 

गौर चपुर सडकखण्डको ईद्रिस गेट अगाडी चेकजाँचका क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । भारतको बिहार सितामढी जिल्ला बकरी ३ गाउँ राघोपुरका २० वर्षिय रौशन कुमार र १८ वर्षिय अमित कुमारलाई प्रहरीले पक्राउ गरेको छ  ।रौतहटको गौरबाट चन्द्रपुर तर्फ जाँदै गरेको यात्रुवाहक गाडीमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा बरामद गरेको हो । 

ना.१.ज.७१०९ नम्बरको गाडिलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा सिटमुनी झोलामा लुकाएर राखेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हजमिनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईँले जानकारी दिए ।उनीहरुको साथबाट लगभग ६ सय थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक  हुमागाईँका अनुसार पक्राउ

परेका दुवै युवकबाट आइपिपिएल २ सय ९९ थान र फेनारगन २ सय ९९ थान बरामद भएको हो।पक्राउ परेका दुवै युवकलाई लागुऔषध सहित आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएका सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।