दक्षिण कोरियाको भिसा फर्म भर्ने काममा ठगेको आरोपमा ८ जना पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७१ दिन अगाडि
 दक्षिण कोरियाको भिसा फर्म भर्ने काममा ठगेको आरोपमा ८ जना पक्राउ

काठमाडौ -दक्षिण कोरिया जान भिसा फर्म भर्नेहरूलाई ठगेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

केन्‍द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले भिसा फर्म भर्न अनलाइन प्रक्रिया नै जाम गरी रकम असुली गरी फर्म भरिदिने भन्दै ठगेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो। एसपी होबिन्द्र बोगटीका अनुसार दक्षिण कोरिया जानका लागि भिसा फर्म केही निश्चित समयमा खुल्ने गर्छ। तर त्यतिबेला एजेन्टहरूले अनलाइन फर्म भर्ने प्रक्रिया नै जाम गर्ने गरेको अनुसन्‍धानबाट खुलेको एसपी बोगटीले बताए। 

‘अनलाइन फर्म भर्न नमिल्ने गरी जाम भएपछि उनीहरूले बुक गरेको समय ३० हजार रुपैयाँ लिएर बेच्ने रहेछन्,’ उनले भने।  यसरी ठग्ने गरेको भन्दै कन्सुलरमार्फत् सिआइबीलाई पत्राचार भएको थियो। त्यसमा अनुसन्धान गरी सिआइबीले ८ जनालाई पक्राउ गरेको हो। यसमा क(कसको संलग्नता छ भन्नेबारे सिआइबीले थप अनुसन्धान गरिरहेको छ।  पक्राउ पर्नेहरूमा भोजपुरका दीपेन्द्र राई, नवलपुरका पवन काफ्ले, संघर्ष ढकाल, कलंकीका नवीन पौडेल, पोखराका समेश शेरचन र गोरखाका २१ वर्षीय छिरिङ निमा लामा छन्।  दुई जनाको परिचय भने प्रहरीले खुलाएको छैन।