गृहमन्त्री रवि लामिछानेलाई सदस्य जितजंग बस्नेत ले गरे फाइल खोल्न आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४७ दिन अगाडि
गृहमन्त्री रवि लामिछानेलाई सदस्य जितजंग बस्नेत ले गरे  फाइल खोल्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन् । 

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले गृहमन्त्रीले काँग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभई फाइल भए खोल्न आग्रह गरे । उनले लामिछानेले ब्ल्याकमेलिङको राजनीति गरिरहेको आरोप लगाए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ । खोलौँ न सबै फाइल खोलौँ । तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ । फाइल खोल्ने धम्की नदिऔँ । ब्ल्याकमेलिङको राजनीतिक नगराैँ । काँग्रेसको सरबकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, केके खोल्ने हो खोलिन्छन् ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवैतिरको बल आफैँ खेल्छु भन्ने सोचेपछि अहिलेको परिणाम आएको समेत बताए ।