माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७० दिन अगाडि
माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउनेगरी कसरत भइरहेको नेताहरूले बताएका छन् । 

महासचिव घनश्याम भुसाललाई महासचिवमै रहन नेपाले प्रस्ताव गरेको र सहमतिको प्रयास भइरहेको छ । भुसाल पछाडि हट्ने मनस्थितिमा रहेको नेपाल निकट नेताहरूको दाबी छ ।भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव दुईमध्ये एक रोजाइएको छ । सम्मानित नेता झलनाथ खनालले पनि आफ्नो दावी छाड्ने जनाइएको छ ।

असार १६ गते उदघाटन गरिएको १०औं महाधिवेशनमा बुधबार पार्टीको दस्तावेज पारित भइसकेपछि नेतृत्व चयनका लागि छलफल सुरु भएको हो । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।