एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले दिए बुधबार राजीनामा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७२ दिन अगाडि
एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले  दिए बुधबार राजीनामा

नेकपा एमालेको तर्फबाट मन्त्री भएकाहरूले सम्हालेका सबै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मा लिएका छन् ।

एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले बुधबार राजीनामा दिएका थिए ।बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यी सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन् ।बुधबार भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन मन्त्री पदम गिरी, कृषि मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले राजीनामा दिएका थिए ।

त्यस्तै उद्योग मन्त्री दामोदर भण्डारी, महिला तथा बालबालिका मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षा मन्त्री हरि उप्रेतीले सामूहिक राजीनामा बुझाएका थिए ।बुधबार साँझ नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । योसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ ।