रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुतिमा नाटक 'अनुत्तर' मञ्चन हुँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४६ दिन अगाडि
रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुतिमा नाटक 'अनुत्तर' मञ्चन हुँदै

काठमाडौं- नाटक अनुत्तर मञ्चन हुने भएकाे छ । राम के.ए.सी.काे लेखन तथा निर्देशनमा रहेको नाटक अनुत्तर सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा मञ्चन हुन लागेको हो । 

सद्भाव थिएटर, नेपालले यही साउन १ गतेदेखि ७ गतेसम्म मञ्चनमा ल्याउन लागेकाे हाे ।

पछिल्लो समय, आवाजविहीनहरूको आवाज सत्तालाई कर्कशः लाग्न थालेको महसूस सर्वसाधारणले गर्न थालेकाे र नाटककारले पिन हरेक नागरिकले वास्तवमा भोगिरहेको देशकाे यथार्थतालाई लेखकले नाटक मार्फत बाचन गर्न लागेका हुन् । 

पछिल्लो समय युवाहरुले देशमा सपना देख्न छाडिरहेकाे  छन् । एवं रीतले देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैं हराएका नागरिकता भिरेका अनागरिकहरुको सग्लो तस्वीर देखाउने प्रयास नाटकमा गरिएकाे कलाकार किरण चापागाईंकाे भनाइ छ । 

नाटक हरेक साझँ ५:३० बजे र अतिरिक्त शो १:३० बजे हुने गरी मञ्चन गरिने छ । यस नाटकको सह–निर्देशन सुशीलालक्ष्मी महर्जनको रहनेछ भने रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहनेछ ।