बजेटका विभिन्न शीर्षकमाथि छलफल गर्दै राष्ट्रिय सभा  

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७१ दिन अगाडि
बजेटका विभिन्न शीर्षकमाथि छलफल गर्दै राष्ट्रिय सभा  

काठमाडौं । आज बस्ने संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा बैठकमा आ.व २०८१÷०८२ का लागि विनियोजित बजेटका विभिन्न शीर्षक माथि उठेका प्रश्नहरू सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्य कार्यसूची रहेको छ । 

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रक्षा मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने संसद् सचिवालयले जानकारी दिएको छ । 

त्यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठक बिहान ११ः१५ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ ।