घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४५ दिन अगाडि
घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको खरिद र बिक्रीदरले १७० रुपैयाँ पार गरेको छ । आज अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा युरो र बेलायती पाउण्डको विनिमय दर बढेको हो ।अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ ।युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ०२ पैसा र बिक्री दर १७० रुपैयाँ ७८ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ