प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने काँग्रेसको निर्णय 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४४ दिन अगाडि
प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने काँग्रेसको निर्णय 

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

शनिबार पार्टी सभापति शेर बहादुर देउवाको सभापतित्वमा बसेको काँग्रेस संसदीय दलको बैठकले मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतको प्रस्ताव कार्य सूचीमा समावेश गर्न माग भएकाले उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय काँग्रेसले निर्णय गरेको हो ।त्यस्तै बैठकले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको पनि स्पष्ट पारेको छ । 

‘नेपाली काँग्रेस र नेकपा (एमाले) बिच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष माननीय के.पी. शर्मा ओली र दोस्रो पटक नेपाली काँग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ,’ प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।