तनहुँमा पहिरोले पुरिएका तीन जनाको शव भेटिएको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका ७ काउरेमा पहिरोले घर पुरिँदा उनीहरू साेही पहिराेमा परी ज्यान गुमाएका हुन ।
मृत्यु हुनेमा घरधनी हिरा नेपाली सहित छिमेकीहरू अनिषा बास्तोला र श्याम भण्डारी छन् । हिरा नेपाली र सुनमाया कुमाल घरभित्र भएकाे सामान निकाल्ने क्रममा उनीहरू पहिरोमा पुरिएका हुन् ।पहिरोमा ४ जना घाइते भएका छन् । सबैको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।