करण परियारको मैले सम्झिने मान्छे’ गीत सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४४ दिन अगाडि
करण परियारको मैले सम्झिने मान्छे’ गीत सार्वजनिक

‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारको गीत ‘मैले सम्झिने मान्छे’ सार्वजनिक भएको छ ।

नेपाल आइडल विजेता भएपछि करणको पहिलो गीत सार्वजनिक भए लगत्तै दोस्रो गीत पनि सार्वजनिक गरेका छन ।करणको आवाजलाई दर्शकहरुले रुचाएकै कारण उनी एकपछि अर्को गित रेर्कड गर्ने क्रममा छन ।यस गितमा करणलाई गायिकाको रुपमा अस्मिता अधिकारीले साथ दिएकी छन् ।‘मैले सम्झिने मान्छे’ बोलको गीतलाई डा. विष्णु दाहालले लेखेका हुन् भने अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा महाराज थापाको एरेन्ज छ ।गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । मोडल सनिशा भट्टराई र शीतल वाग्लेको अभिनय रहेको भिडियोमा दुवैको प्रेमकथा देख्न सकिन्छ ।भिडियामा मानकृष्ण महर्जन र पवन सुश्लिङको छायांकन र विकाश धमलाको सम्पादन छ ।