काठमाडौं -अनिल बुढा मगर निर्देशित फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ । गीतमा दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।
गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत र स्वर छ । यही गीतको रिदममा ब्याग्राउण्ड म्युजिक तयार गरिएको निर्देशकले केही दिनअघि आयोजित ट्रेलरमा बताएका थिए । दृश्यभाषा र पात्रको हिँडाइ र बोलाइ समेत यही गीतको थिममा तयार पारिएको जनाइएको छ । जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् ।
पूर्वीरुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । जनक घर्ती मगरले निर्माता हुन् । दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन ९खबपु०, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज गर्ने तयारी छ । गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द र संगीत छ ।