भ्रष्टाचारलाई सामसुम पार्नका लागि नेपाली काँग्रेस र नेकपा एमालेबिच सम्झौता :चित्रबहादुर केसी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६९ दिन अगाडि
भ्रष्टाचारलाई सामसुम पार्नका लागि नेपाली काँग्रेस र नेकपा एमालेबिच सम्झौता :चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचारलाई सामसुम पार्नका लागि नेपाली काँग्रेस र नेकपा एमालेबिच सम्झौता भएको भए स्वीकार्य नहुने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकका बोल्दै उनले भ्रष्टाचारका ठूला काण्ड मिलाउन दुई मिलेको भए मान्य नहुने बताएका हुन् । गठबन्धन बन्नु र भत्किनुका पछाडि को छ भन्नेसमेत आशंका रहेको उनले बताए ।उनले प्रश्न गरे, ‘यसभन्दा पहिलेको जुन गठबन्धन थियो, त्यो गठबन्धन बन्नुको पछाडि के थियो र हामी २०७४ मा वामपन्थीहरू एकै ठाउँमा भएका थियौँ । त्यो वामपन्थीहरूको सरकार भत्काउनुको औचित्य के थियो र त्यो भत्काएकोमा सर्वोच्च अदालतले बेठिक भयो भनेपछि फेरि अर्को चोटि पनि भत्काएको होइन र वामपन्थी गठबन्धन भत्काइएको कुनै पार्टी बचाउनका लागि भएको पनि उनले स्मरण गरे ।

‘‘अनि, त्यसको सफाइ दिने बेलामा चाहिँ एमाले बचाउनका लागि भन्ने कुरा आयो, होइन रु त्यसकारणले सबैको हविगत देखिएको छ,’ केसी भन्छन्, सांसदभित्रका राजनीतिक दलहरू साना, ठूला, नयाँ, पुराना सबैलाई नेपाली जनताले देखेका छन् । जानेका छन् । बुझेका छन् । आफ्नो भ्रष्टाचारलाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन ।’