काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अबको सरकार आलोपालो गरेर चल्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक सकिएपछि पत्रकारहरूले यो सरकार कसरी चल्छ भन्ने प्रश्नको जवाफ दिँदै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।
उनले पहिले नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने र त्यसपछि काँग्रेस सभापति र संसदीय दलका नेताको नेतृत्वमा सरकार बन्ने बताए । साथै उनले अहिले कुन मन्त्रालय एमालेले सम्हाल्ने प्रारम्भिक कुरा अगाडि बढे पनि यथार्थ निर्णयमा नपुगेको स्पष्ट पारे ।उनले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘हामी अहिले आलोपालो गरेर सरकार चलाउने भनेर कांग्रेससँग सहकार्य गरेका हौं । २८ गते सम्माननीय प्रधानमन्त्रीले राजीनामा दिएर सहज मार्ग प्रस्तुत गर्नुभयो भने हामी मन्त्रालयको भागबन्डा टुंगो लगाउँछौँ ।’ उनले कति दलहरू नयाँ सरकारमा सहभागी हुन्छन् त्यसको आधारमा मात्र मन्त्रालयको भागबन्डा हुने बताए ।