जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६८ दिन अगाडि
जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु

 धनगढी । कञ्चनपुरमा जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएकी छन् ।

सोमाबार दिउँसो पुनर्वास नगरपालिका–५ को घ गाउँमा पानी जमेर तलाउ भएको स्थानमा नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशीले बताए ।डीएसपी जोशीका अनुसार डुबेर मृत भेटिनेमा पुनर्वास नगरपालिका–५ की १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी रहेको जानकारी दिए । उनका अनुसार उनीहरुसँगै नुहाउन गएकी १६ वर्षीया आरती बोगटी भने बेपत्ता भएकी छन् ।आरतीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरले जनाएको छ ।