कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदानै प्रधानमन्त्री दाहालकाे हित हुन्छ :पूर्वमन्त्री योगेशकुमार भट्टराई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६८ दिन अगाडि
कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदानै प्रधानमन्त्री  दाहालकाे हित हुन्छ :पूर्वमन्त्री योगेशकुमार भट्टराई

काठमाडौँ । नेकपा एमाले का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हित हुने बताएका छन् ।  

शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री प्रचण्डले दुई ठुला दलबिचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको उनको जिकिर थियो । सोमवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले माओवादी केन्द्रलाई साथमा लिएर आफूहरूले सर्वसम्मतिको बाटोबाट संविधान संशोधन कार्य अघि बढाउने पनि स्पष्ट पारे । उनले कांग्रेस–एमालेबिचको सहकार्यविना संविधान संशोधनको काम सहज नहुने भएकाले पनि संविधानलाई सही ढंगले अघि बढाउन माओवादी केन्द्रले पनि संविधान संशोधनका बाटोमा आफूहरूलाई साथ दिने तर्क गरे । 


सचिव भट्टराईले नयाँ सत्ता समीकरणसँग टाढिएर प्रधानमन्त्री प्रचण्डले अन्यत्रैबाट अघि बढ्ने बाटो नभएको दाबी समेत गरे । उनले प्रधानमन्त्री प्रचण्ड अहिले रिसाएको अवस्थामा रहेकाले आफूहरूले जिस्क्याउन नचाहेको पनि बताए ।सचिव भट्टराईले प्रधानमन्त्री प्रचण्डको व्यक्तित्वका कारण आफूहरूले सानो दल भएर पनि प्रधानमन्त्रीमा स्वीकार गरेको पनि उल्लेख गरे ।