समावेशी सिद्धान्त हटाउनेगरी संविधान संशोधन मान्य हुँदैन् : सांसद यादव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६७ दिन अगाडि
समावेशी सिद्धान्त हटाउनेगरी संविधान संशोधन मान्य हुँदैन् : सांसद यादव

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले संविधान संशोधनमार्फत् कांग्रेस र एमालेले देशमा दुई दलीय व्यवस्था ल्याउन खोजेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सबै दललाई सहमतिमा नलिइ संविधान संशोधन गर्दा २०६३ सालको अवस्था आउने भन्दै सचेत गराएका हुन् ।‘संविधान संसोधन जटिल विषय हो । निर्वाचन प्रणाली फेरेर दुई दलीय सिष्टममा लैजाने कुरा स्विकार्य हुँदैन’ यादवले भने । 


समानुपातिक समावेशी सिद्धान्त हटाउनेगरी संविधान संशोधनको कुरा माओवादीलाई स्वीकार्य नहुने उनले बताए । संघीयता, गणतन्त्र, समावेशी र धर्मनिरेपक्षता संविधानका चार पिल्लर रहेको भन्दै कुनै एउटालाई हटाउन नमिल्ने उनले बताए ।