अध्यक्ष्य ओली अस्वस्थ हुदाँ सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६७ दिन अगाडि
अध्यक्ष्य ओली अस्वस्थ हुदाँ सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । 

दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेका थिए । सोही कारण मंगलबारका लागि तय भएको एमाले सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । 


‘अध्यक्षज्यूलाई दाँतले दुख दिएको थियो । त्यो दाँत सोमबार निकालिएको छ’, ओलीको सचिवालयले भन्यो, ‘आजको बैठकमा बोल्दा थप समस्या हुनसक्छ भनेर बैठक बुधबारलाई सारिएको हो ।’उनी अहिले निवासमै आरामरत रहेको बताइएको छ ।