बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुमा आधारित ‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर बजारमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६६ दिन अगाडि
बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुमा आधारित ‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर बजारमा

काठमाडौं- डकुमेन्ट्री सर्ट फिल्म 'लापत्ता सन्तान' को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो सर्ट फिल्मले बेपत्ता बालबालिका हरुमा आधारित रहेको निर्माण पक्षले जनाएको छ । आफ्ना हराएका सन्तानको खोजीमा निस्केका अभिभावकहरूको हृदयविदारक भावनात्मक संघर्षलाई समेत सर्ट फिल्ममा उजागर गरिएकाे पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।

निर्देशक ज्ञवालीले विभिन्न कारण आश्रमसम्म पुगेका बा-आमा र सन्तानको कथा उठान गरिएको बताएकाछन् । 

सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरू रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, र मनिष पी निरौला देख्न सकिन्छ।

निरज कंडेलको डिओपी र नहकुल खड्काको सम्पादनमा तयार भएको फिल्मको कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन् । निर्देशक ज्ञवालीले केही वर्षदेखि डकुमेन्ट्री, डकुमेन्ट्री सर्ट फिल्म, र म्युजिक भिडियो निर्माण गर्दै आएका छन्।

उनको पटकथा र निर्देशनमा बनेको 'रित्तो गाउँ' नामक डकुमेन्ट्री सर्ट फिल्मलाई त्रिभुवन विश्वविद्यालयको अध्ययननमा केन्द्रित रहेर तयार पारिएको थियो ।

ज्ञवालीले यसअघि 'डार्क मुन', 'एक लभर', 'आराध्या', र 'हनिमुन' जस्ता सर्ट फिल्महरू पनि निर्माण गरिसकेका छन् भने निर्देशन यात्रा थाल्नुअघि उनी लामो समय पत्रकारितामा सक्रिय थिए ।