युरो कप- फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनलमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६५९ दिन अगाडि
युरो कप- फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनलमा

काठमाडौं - स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरको छ । मंगलबार राति भएको खेलका खेलमा स्पेनले फ्रान्समाथि २–१ गोल अन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । 

जर्मनीको म्युनिख रंगशालामा भएको सेमिफाइनलमा सुरुआती गोल भने फ्रान्सले गरेको थियो । तर उक्त अग्रता फ्रान्सले धेरैबेर टिकाउन सकेन ।खेल सुरु भएको आठौं मिनेटमा कोलो मुआनीले केलियन एम्बाप्पेको पासमा गोल गरेका थिए । उनले गरेको हेडर गोल नै युरो कप फुटबलमा डेसच्याम्पकको टोली फ्रान्सका खेलाडील गरेको पहिलो खुला गोल थियो ।१ गोलले पछि परेको स्पेन जारी युरोमा उत्कृष्ट लयमा रहेको प्रमाणित गर्न धेरै बेर कुर्नु परेन । 

 २१ औं मिनेटमा अल्भारो मोराटाको पासमा १६ वर्षिय खेलाडी लामिन यमलले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएका थिए । २५ औं मिनेटमा डानी ओल्मोले गोल गरेपछि स्पेनले २–१ को अग्रता लिएको थियो । त्यसपछि दुवै टिमले थप गोल नगरेपछि अन्तिमसम्म २–१ को अग्रता कायम गर्दै स्पेनले फाइनलमा स्थान पक्का गर्न सफल भयो । स्पेन २०१२ पछि पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भयो । स्पेनले अब उपाधिका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्ने छ ।