अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी खुल्यो, सेतीमा एकजना बेपत्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६६ दिन अगाडि
अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी खुल्यो, सेतीमा एकजना बेपत्ता

 काठमाडौ -अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ । तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खस्दा बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध थियो ।

बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको थियो । पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।

सेतीमा बगेर एकजना बेपत्ता

बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गर्दछ ।