बर्खामा खानेपानी दूषित हुने भएकाले शुद्धीकरण गरेर पिउन विज्ञहरूकाे सुझाव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६६ दिन अगाडि
बर्खामा खानेपानी दूषित हुने भएकाले शुद्धीकरण गरेर पिउन विज्ञहरूकाे सुझाव

काठमाडौँ । बर्खामा खानेपानी दूषित हुने भएकाले शुद्धीकरण गरेर पिउन विज्ञहरूले सुझाएका छन् । बर्खामा खाने पानीको मुहानमा ढल मिसिने, वर्षा भएर खाने पानीमा बाहिरको फोहोर पदार्थ मिसिएर पानी दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर पिउन आग्रह गरेका हुन् । 

वर्षाको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकीजस्ता पानीजन्य सङ्क्रामक रोगहरूको जोखिम बढी हुने भन्दै सतर्कता अपनाउन भेरी अस्पतालका फिजिसियन डा। संकेत कुमार रिसालले सुझाए । उनले पानीको शुद्धतामा विशेष ध्यान दिन आग्रह गरे । बर्खामा वर्षा र बाढीका कारणले वरपरका खानेपानीको मुहानमा ढल मिसिएर पानी दूषित हुन्छ । यस्तो पानी पिउँदा झाडापखाला, हैजाजस्ता सङ्क्रमण हुनुका साथै पेट दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत विभिन्न समस्या देखापर्छ । त्यसैले पानी उमालेर पिउनु पर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गरेर पानी पिउनु पर्ने सङ्क्रामक रोग विशेषज्ञ डा। शेर बहादुर पुनले सुझाए ।