डा‌‍‍‍‍‌‌‌‌ मुकुल ढकालले बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६६ दिन अगाडि
डा‌‍‍‍‍‌‌‌‌ मुकुल ढकालले  बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीसहितका पदीय जिम्मेवारीबाट निष्काशित भएका डा‌‌‌‍‍‍‍‌ मुकुल ढकालले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको ढकालले जानकारी दिए । ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेत नरहने गरी मङ्गलवार मात्रै पार्टीको जिम्मेवारीबाट मुक्त गरेको थियो । केही समयअघि ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो ।

प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीति विपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले पदबाट निलम्बन गरेको हो । यद्यपि पार्टीको निर्णयमा उनलाई ३५ दिनभित्र पुनरावलोकनका लागि समय दिइएको छ ।