शिल्पीमा असार २७ देखि ‘युगको साँचो’ मञ्चन हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६६ दिन अगाडि
शिल्पीमा असार २७ देखि ‘युगको साँचो’ मञ्चन हुने

काठमाडौँ-असार २७ देखि साउन १९ सम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘युगको साँचो’ मञ्चन हुने भएको छ ।

अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’लाई टंक चौलागाईंले परिमार्जन र निर्देशन गरेका हुन् । निर्देशक चौलागाईंका अनुसार विदेशिएका युवाहरुलाई रोक्न बन्द रहेका कलकारखानाहरु सुचारु गर्नुपर्ने सन्देश नाटकले दिएको छ ।

माइकल चेखोभ नेपाल र स्कूल थिएटर नेपालको प्रस्तुतिमा मञ्चन हुन गइरहेको नाटकमा आकांक्षा कार्की, शीला निरौला, रारा ज्योति पोखरेल, सेविता अधिकारी, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अंशिका जोशी, कश्यप ज्ञवाली र अभिनित चौलागाईंको अभिनय रहेको छ ।