काठमाडौं - संसदीय सहकारी छानविन समितिले सहकारी क्षेत्रमा देखा परेका समस्यामा १५ भन्दा बढि श्रृखलामा छफलफ गरेको जनाएको छ ।
समितिले राष्ट्र बैंकका गर्भनर, वित्तिय क्षेत्रका नेतृत्वकर्ता तथा नेपाल प्रहरीको अनुसन्धान विभागसँग छलफल गरेको प्रष्ट पारेको हो ।बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सूर्य थापाले समिति पीडितहरूको कुरा सुन्ने र समस्याको बारेमा खोजनिति गर्ने कुरामा अग्रसर हुने बताए ।
उनले भने, ‘यो संसदीय छानविन समिति हो, यसले कुनै उच्चस्तरिय सिआइवीको जस्तो काम गर्दैन । सूरक्षाकर्मीको जस्तो काम गर्दैन् तर यो समितिले समस्या खोज्छ र पीडितहरूको कुरा सुन्छ ।’साथै, उनले सिंगो सहकारी क्षेत्र ठगिमा संगलग्न नभएको पनि जिकिर गरे । उनले भने, ‘सिंगो सहकारी क्षेत्रमा यो समस्या छैन, हामीले सहकारी क्षेत्रका ठूला व्यक्तित्व सँग पनि छलफल गरिसकेका छौं । उहाँहरूले राखेको राय अनुसार यो ३१ हजार ३ सय ७३ सहकारीको समस्या होइन तर यो केही मात्र सहकारीको समस्या हो ।’
बुधबारको बैठकमा सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन्। उनीहरुले साहारा बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा १ अर्ब रुपैयाँ लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक उपप्रधान तथा गृहमन्त्री लामिछाने उपर पनि छानबिन आवश्यक रहेको बताए ।