डोल्पामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६५ दिन अगाडि
डोल्पामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने

काठमाडौँ -‘गाउँ गाउँमा नेपाली सिनेमा, गाउँ गाउँमा पर्यटक’ भन्ने नारासहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ ।

आगामी भदौ २ गतेदेखि ५ गतेसम्म आयोजना फेस्टिभलको राजधानीमा एक कार्यक्रमकाबिच घोषणा गरियो ।  नको आयोजनमा र सेलिब्रेटी नेपालको व्यवस्थापनमा हुन लागेको कर्णाली र आसपासका जिल्लामा पनि नेपाली सिनेमाको बजार विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नेत्र विष्टले बताए ।  फिल्म फेस्टिभलमा नेपाली सिनेमासँगै केही विदेशी सिनेमाहरू समेत प्रदर्शन गरिनेछ । स्थानीय कला संस्कृतिको प्रवर्धनसँगै पर्यटन प्रवर्द्धनको लागि समेत यो कार्यक्रमले सहयोग पुर्‍याउने आयोजकको विश्वास छ । 

४७०० मिटरको उचाइमा रहेको जगदुल्ला तालमा फेस्टिभलको उद्घाटन हुनेछ । प्रदर्शनी तथा अन्य अन्तरक्रियाहरू जगदुल्ला गाउँपालिकामा हुनेछ । कार्यक्रमको सह–आयोजकको रूपमा जगदुल्ला गाउँपालिका रहेको छ । फिल्म फेस्टिभलमा काठमाडौँबाट ख्यातिप्राप्त कलाकारहरूलाई डोल्पासम्म लगेर कार्यक्रममा सहभागी गराइने छ ।

कार्यक्रममा निर्देशक लक्ष्मण सुवेदी, निर्देशक राज ब।साने, निर्देशक लक्ष्मण सुनार, सेन्सर बोर्ड सदस्य भूपेन्द्र खड्का, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेर गिरीलगायतको उपस्थिति रहेको थियो ।  कर्णाली प्रदेश र डोल्पा जिल्लामै नेपाली सिनेमाको यस्तो कार्यक्रम पहिलोपटक हुन लागेको छ ।