स्वास्थ्य बिमामा एक हजार दुई सय ९० प्रकारका औषधिको शुल्क तोकियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६५८ दिन अगाडि
स्वास्थ्य बिमामा एक हजार दुई सय ९० प्रकारका औषधिको शुल्क तोकियो

काठमाडौ -स्वास्थ्य बिमा बोर्डले बिमामार्फत दिँदै आएको एक हजार दुई सय ९० प्रकारका औषधिको शुल्क निर्धारण गरेको छ ।

बोर्डले बिमामा रहेको सुविधा थैलीका सेवा सुविधाको परिमार्जित गर्दै नयाँ दर सार्वजनिक गरेको हो । परिमार्जित गरिएको दररेटमा ओपिडी टिकट ५० रुपैयाँ, जनरल बेडचार्ज प्रतिदिन दुई सय ५०, शल्यक्रियामा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको हो । यसबाहेक, कतिपय सेवाहरू तोकिएको अवधिमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था गरिएकोसमेत बोर्डले जनाएको हो ।  नयाँ दररेट साउन १ गतेदेखि लागू गरिने बताइएको छ ।