रौतहट र पर्सा जिल्ला शोकमा डुबेको छ :प्रभु साह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३८ दिन अगाडि
रौतहट र पर्सा जिल्ला शोकमा डुबेको छ :प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट र पर्सा जिल्ला शोकमा डुबेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश नै  स्तब्ध भएको बताएका हुन् । 

उनले भने,‘काठमाडौंबाट रौतहट जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौं हिँडेको बस नारायनगढ मुग्लिन सडक खण्डको सिमलटार नजिक बेपत्ता छ । त्यसले देशलाई स्तब्ध बनाएको छ । नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ म सरकारको जवाफ चाहन्छु ।’

साथै उनले आठ घन्टा बितिसक्दा पनि किन उद्दार हुन सकेन भन्दै सरकारको ध्यानाकर्षण गराए । राज्य  र  सरकार  किन यति कमजोर  भएको  भन्दै  उनले  प्रश्न  गरे ।

उनले भने , ’सरकार यति कमजोर भएकै हो र रु पहिरोमा खसेको बस पत्ता लगाउन सकिरहेको छैन, यात्रु पत्ता लगाउन सकिरहेको छैन, आठ घन्टा बितिसक्यो ।’


उनले घटनामा के भैइरहेको छ सबै जानकारी देशबासीलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।