काठमाडौं। दक्षिणकाली नगरपालिका–५ स्थित थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचाररत नाबालिका रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।उनका अनुसार उनी केही समय बेपत्ता भएर अन्तिममा प्रहरीले घाइते अवस्थामा उद्दार गरेको थियो ।गुम्बाको पर्खाल भत्किँदा ६ जना नाबालिकाहरु पुरिएका थिए । उनीहरु मध्ये ५ जनाको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।