सबैजना मेरो मार्गदर्शक हुनुभयो :मन्त्री श्रेष्ठ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६२ दिन अगाडि
सबैजना मेरो मार्गदर्शक हुनुभयो :मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले अहिलेसम्म पदीय जिम्मेवारीमा बसेर आफ्नो दायित्व इमान्दारितापूर्वक निभाएको बताएका छन् ।

मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मर्यादामा बसेर पदीय जिम्मेवारी निभाएको बताएका हुन् ।
उनले  भने, ‘मेरो यो  पहिलो कार्यकारी अनुभव हो । त्यसैले सबैजना मेरो मार्गदर्शक हुनुभयो । मन्त्रालयमा आउँदा कोही कसैसँग ब्यक्तिगत आग्रह पूर्वाग्रह थिएन् । एकदमै ओपनमाइनडेड भएर आएको हुँ । मेरो पदीय दायित्व मर्यादामा बसेर निष्ठाका साथ गर्छु भनेर स्पष्ट थिए ।’


साथै उनले धेरै राम्रो गर्न मन हुँदाहुँदै पनि कतिपय काम गर्न नसकिएकोमा दुःख लागेको बताए । उनले छोटो समयमा पनि क्षमताले भ्याएजति काम गरेको जिकिर गरे । 


उनले भने, ‘हामी यताबाट गइसकेपछि अब प्रतिपक्षमा हुन्छौं । खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो रहेछ ।’
साथै उनले खेलकुदमा भएका उपलब्धी सामूहिक भएको  बताए । उनले राम्रा काम सबैको र नराम्रो जति कामको सबै जिम्मेवारी आफूले लिएको बताए ।