साउन को पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड

  • प्रदीप गिरी
    -प्रदीप गिरी
  • ८३४ दिन अगाडि
साउन को पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा  नयाँ रेकर्ड

काठमाडौं । साउन महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेको छ ।सोमबार  प्रतितोला १ लाख ४६ हजार ९७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।